मकवानपुरमा पहिराेले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता
मकवानपुर, २३ साउन । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे दाेभानमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् ।
पहिराेले बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिराेमा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पहिराेमा पुरिएर अक्कल बहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ बेपत्ता भएको जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।