बस्नेतको गुरुयोजना सफल बनेपछि हनुमन्तेबासी डुबानको कहरबाट मुक्त
काठमाडौं, २३ साउन । केही वर्ष अघिसम्म बर्खासँगै हनुमन्ते खोलामा आउने बाढीका कारण भक्तपुरका बासिन्दाहरुमा डुबानको त्रास फैलिन्थ्यो । हनुमानघाट हुँदै बग्ने हनुमन्ते खोला अरु बेला कुलोजस्तो भए पनि वर्षायाममा यस्ले लिने उग्र रुपले त्यहाँका बासिन्दाको हरेक वर्ष निद हराम गरिदिन्छ ।
मुख्य गरेर विगतमा हनुमन्ते खोलाले हनुमानघाँट, बाराहीस्थान, सल्लाघारी, मध्यपुरथिमिको राधेराधे, एसएसचोकमा बढी क्षति गर्दै आएको थियो । त्यसैगरी शङ्खधरचोक, चारदोबाटो क्षेत्रका खोला नजिकका बस्ती र सूर्यविनायक नगरपालिकाको कटुञ्जे, बालकोट, सागबारीलगायतका क्षेत्रका बासिन्दालाई पनि हनुमन्ते खोलाले विगतका वर्षहरुमा वर्षाको समयमा अनिदो राखिदिन्थ्यो । तर, अहिले हनुमन्ते बाढी पीडितहरु वर्षाका समयमा पनि ढुक्कसँग निदाउन सक्ने भएका छन् ।
यस्को एउटै कारण हो, पूर्व सांसद महेश बस्नेतको पहलमा निर्माण भएको करीब नौ किलोमिटर लामो हनुमन्ते करिडोर । जसका कारण अहिले त्यो क्षेत्रका बासिन्दा बाढीको चिन्ताबाट धेरै हदसम्म मुक्त भएका छन् ।
बस्नेत सांसद भएपछि हनुमन्ते करिडोर निर्माण तीन चरणमा पूरा गर्ने गरी काम शुरु भयो । उहाँकै पहलमा नदीको बहाव क्षेत्र २० मिटर, दायाँबायाँ २०–२० मिटरको फुटपाथसहितको सडक गरी ६० मिटर फराकिलो करिडोर निर्माणको काम अघि बढ्यो । त्योसँगै नदीको दुवैपट्टि ढुङ्गाको अग्लो पर्खाल बनाएर नदीको पानी बस्तीमा पस्नबाट रोक्ने ढङ्गले हनुमन्ते करिडोर निर्माणकार्य भएपछि त्यो कहरबाट त्यहाँका जनताले विस्तारै मुक्ति पाउँदै गए ।
भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, सवारी चापमुक्त भक्तपुर बनाउने, अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्ने योजनासहित अघि बढेको यो करिडोर भक्तपुरबासीका लागि बरदान बनेको छ । सोमबारदेखिको अबिरल बर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरु ढुबानमा परेका छन् । त्योसँगै क्षतिका समाचारहरु पनि आइरहेका छन् । तर, हनुमन्ते बाढी पीडितहरु विगतका बर्षमा जस्तो कहर खेप्नु नपरेका कारण खुशी बनेका छन् । उनीहरुले पूर्वमन्त्री समेत रहनु भएका एमाले नेता महेश बस्नेतलाई विकासप्रेमी नेता भन्दै धन्यवाद दिदैँ आएका छन् ।
‘अबिरल बर्षासँगै अब खोला बस्तीमा पस्छ भन्ने चिन्ताले हनुमन्ते खोला आसपास क्षेत्रमा बसोबास गर्ने बासिन्दामा चिन्ता बढ्थ्यो तल्लो तलाको सबै सामान माथिल्लो तलामा उकाल्न बाध्य हुन्थे । बाढी सँगै दुर्गन्दित पानी आउथ्यो । यो कहरबाट दिक्क भयर कतिले आफू बस्दै आयको घर बेचेर हिँड्न बाध्य भए । त्यति मात्रै होइन घर बनाउन घडेरी किनेकाहरुले धेरैले त लामो समय सम्म घर बनाउन आँट गरेनन । अहिले सबैलाई आनन्द छ न बाढी पस्छ न दुर्गन्ध नै,’ स्थानीयको एउटै स्वर छ,’ ‘एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले हनुमन्ते खोलाबाट हुने क्षति नियन्त्रणको लागि ठोस कदम चालेपछि भक्तपुरमा प्रायः वर्षा याममा हनुमन्ते खोलाबाट आक्रान्त खोला आसपासका जनताले यसपटक भने शान्तिको श्वास फेरेका छन् ।
नेता बस्नेतले गुरुयोजना बनाएर काम गर्दै गर्दा पनि हनुमन्ते बाढीबाट पीडितहरुलाई आगामी वर्षबाट यस्तो दुःख र सास्ती खेप्नुपर्दैन भनेर आश्वासन दिलाउँदै आउनु भएको थियो । आफ्नो प्रतिबद्धताअनुसार बस्नेतले हनुमन्तेको समस्या समाधान गरेपछि स्थानीयहरु पनि खुशी छन् ।