पोखरामा २८ ताेला सुनसहित एक जना महिला पक्राउ

कास्की, २५ साउन । पोखरामा २८ ताेला सुनसहित एक जना महिला पक्राउ परेकी छन् ।

झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले २८ ताेला सुनसहित पक्राउ गरेकाे हाे ।

बिहीबार बिहान करिब साढे ७ बजे पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा आएका उनलाई बसबाट ओर्लने क्रममा सुनसहित पक्राउ परेकाे वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए।

गुरुङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र लुकाएर ल्याएकाे बिस्कुट आकारकाे एक ढिक्का र औँठी आकारकाे रिङ एक गरी २८० ग्राम २९ मिलिग्राम सुन फेला परेकाे प्रहरीले जनाएकाे छ ।

उनीमाथि वडा प्रहरी कार्यालय बैदामले आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएकाे छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *