घरायसी झगडामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
ईलाम, २५ साउन । ईलाममा घरायसी झगडामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
४५ वर्षीया श्रीमती डम्बर कुमारी तामाङको बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-७ तम्फुवा घर भएका ५० वर्षीय पूर्ण बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले घरेलु हतियार बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका-२ लालिखर्कबाट पक्राउ गरेको हो ।
प्रहरीले हत्या सम्वन्धमा अनुसन्धान गरिरहेको जनाएकाे छ ।