नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चारजना जना डाक्टर पक्राउ

काठमाडाैं, २५ साउन । नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना डाक्टरलाई पक्राउ गरेको छ।

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले काठमाडौंको मण्डिखाटारबाट नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरिसकेकाे छ ।

पछिल्लाे पटक पक्राउ पर्नेमा महोत्तरी पिपरा-८ का रञ्जितकुमार यादव र कोहल्बी-८ का अमित चौधरी रहेका छन् । यादव प्राइभेट क्लिनिकमा काम गरिरहेका थिए भने अमित टिचिङ अस्पतालमा कार्यरत थिए।

सिआइबीले फक्सट्रट चार्सी अपरेशन सञ्चालन गरी तीन जनालाई पक्राउ गरेको हो। यो अभियान देशभर चलिरहेको एसपी अधिकारीले बताए।

चिकित्सकहरूले भारतीय नक्कली प्रमाण पत्रहरू पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलमा सञ्चालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको भन्ने नेपाल मेडिकल काउन्सिलबाट सिआइबीले सूचना पाएको थियो।

उक्त सूचना पाएपछि सिआइबीले अनुसन्धान गरी शैक्षिक प्रमाण पत्र प्रमाणीकरण गर्न राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीमा सम्पर्क गरेको थियो।

तर सानो ठिमीको रेकर्डमा सुनिल शर्माको आइएस्सीको रेकर्ड नभेटिएपछि सिआइबीले उनलाई पक्राउ गरेको हो। अन्य चिकित्सकको हकमा पनि त्यसरी नै किर्ते गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।