प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं, २६ साउन । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेपछि बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो ।

सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्नुभयो ।

सांसद साह बोल्दाबोल्दै सत्ता पक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको उल्लेख सांसद साहलाई बस्न आग्रह गर्नुभयो । सभामुखले नियमको पालना गर्न र सबैलाई सीटमा बस्न आग्रह गर्नुभयो । सभामुखले सबैले पालैपालो समय पाउने विषयमा ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर नाराबाजी र विरोधका कारण सदन चल्न नसकेपछि सभामुख घिमिरले बैठक स्थगित भएको जानकारी गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को यही साउन २९ गते सोमबार १ बजे बस्नेछ ।