सुन तस्करी प्रकरणमा व्यापारी राकेश अडुकियाका छोरा पक्राउ

काठमाडौं, २६ साउन । क्विन्टल सुन तस्करी प्रकरणमा व्‍यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् ।

आजै भारतबाट फर्किएका उनलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हाे।

उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

राजस्व अनुसन्धान विभागले अडुकियालाई कालोसूचीमा राखेको थियो । यसअघि राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा व्यापारी राकेश अडुकियाको घरमा छापा मारेको थियो ।

योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ। तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन्।