संखुवासभामा कैदीबन्दी मृत्यु प्रकरण : जेलर र असईविरूद्ध किटानी जाहेरी

संखुवासभा, २७ साउन । संखुवासभाको कारागारभित्र दुई कैदीबन्दीको मृत्यु भएको घटनामा पिडितहरूले जेलर र प्रहरी सहायक निरीक्षक(असई)विरूद्ध जाहेरी दिएका छन् ।

शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार प्रमुख राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेको प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

गत बुधबार बिहान खाँदबारी नगरपालिका-१ मा रहेको कारागारमा संखुवासभामा रहेका मादी नगरपालिका-५ फेलेदै बस्ने २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामी कुटपिटका कारण अचेत अवस्थामा फेला परेका थिए। उनीहरूको उपचारका क्रममा जिल्ला अस्पताल खाँदवारीमा मृत्यु भएकाे थियाे ।

उनीहरू दुबै जना राति सवा १ बजे कारागारबाट भाग्नका लागि आफू बस्ने तल्लो तलाको ब्लकको झ्यालको फलामकाे डण्डी काटेर भाग्न लागेकाे बेला ड्युटीमा खटिएका प्रहरीले देखेपछि जानकारी गराइ पक्रेर कारागारका बुझाएका थिए ।

प्रत्यक्षदर्शी जेलर र प्रहरी कर्मचारीहरूका अनुसार नियन्त्रणमा लिनेक्रममा उनीहरू दुबै जनामाथि प्रहरीद्वारा कुटपिट समेत भएको जनाएकाे छ । कुटपिटबाट बिहान अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

पीडित परिवारले त्यस राति ड्युटीमा खटिएका असई लक्ष्मी चौधरी र कारागार प्रमुख घिमिरेको पनि संलग्नता भएको भन्दै किटानी जाहेरी दिएका हुन्।

उनीहरूविरूद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतकहरू दुबै जनाको पोष्टमार्टम सकिसकेको छ। तर मृतक परिवारले शव बुझ्न मानेका छैनन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *