उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रस्तावलाई स्विकार नगरे समर्थन फिर्ता लिनुपर्दछ : प्रदीप पौडेल
काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनुभएकाे छ ।
सांसद पौडेलले सरकार छानबिन समितिको लागि तयार नभए प्रचण्डमाथिको समर्थन फिर्ता लिनुपर्ने उहाँकाे सुझाव थियो ।
सांसद पौडेलले भन्नुभयाे , ‘प्रधानमन्त्री र गृहमन्त्री छानबिन समिति गठन गर्न तयार हुनुहुन्न । यो देख्दा उच्च तहसम्म संलग्नता भएको देखिन्छ । अब छानबिन समितिको प्रस्ताव कांग्रेसले नै गर्नुपर्छ । यदि उहाँहरू तयार हुनुभएन भने प्रचण्ड नेतृत्वको सरकारमाथि दिएको समर्थन फिर्ता लिनुपर्छ ।
पौडेलले कांग्रेसका नेतालाई पक्राउ गरेर प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँधेको भन्दै आलोचना गरे ।