पशुपतिलगाएत देशभरका शिवालयहरुमा श्रद्धालुहरु भक्तजनहरूकाे भीड (तस्बिरहरू )
काठमाडौं, २९ साउन । साउनको अन्तिम सोमबार आज पशुपतिलगाएत देशभरका शिवालयहरुमा श्रद्धालुहरु भक्तजनहरूकाे भीड लागेको छ ।
साउनको सोमबार काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो छ ।
साउनको अन्तिम सोमबार पूजा गर्नेहरुको मात्र हाेइन बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् ।
‘मलमासका कारण भदौ ४ गते र ११ गते गरी दुई वटा साउने सोमबार धकेलिएका छन् । याे हिसावमा साउन महिना जनैपूर्णिमाको दिन मात्र सकिन्छ ।
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गर्दछन् ।

