राजस्व छलीको अनुसन्धानमा ठमेलकाे एलओडी क्लब
काठमाडाैं, ३० साउन । राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलमा रहेकाे लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा छापा मारेर अनुसन्धान थालेकाे छ ।
विभागले कर छली गरेको आशंकामा क्लबमा छापा मारेको हो । राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले विभागको टोलीले एलओडीमा रातिको २ बजे ग्राहक बनेर अनुसन्धान गरेकाे बताउनुभयाे ।
विभागको टोलीले अनुसन्धानकाे क्रममा केही कागजातहरू नियन्त्रणमा लिएको र त्यहाँ रहेको काउन्टरहरू पनि सिल गरेको उहाँले बताउनुभयाे ।
विभागको टोलीले अनुसन्धानका क्रममा एलओडीमा अन्दाजी २३ सयभन्दा बढी ग्राहक आएकाे र संचालकले त्यहाँ खाएको बिलसमेत नदिने गरेको पाएको थियो।
एलओडीका सञ्चालकहरूलाई विभागले बोलाएर अनुसन्धान गरिरहेको जनाएकाे छ ।