सुन तस्करी प्रकरणमा थप ४ चिनियाँ पक्राउ

काठमाडौं, ३१ साउन । सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा लगिएको स्रोतले जनाएकाे छ ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट भन्सार पास भएर बाहिर निस्केकाे ब्रेक शू भित्रको सुन सिंनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् । याे सहित सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

सुरूमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको यो प्रकरणमा पछि सिआइबीले अनुसन्धान गरिरहेको छ।