सन्दीपविरुद्धको मुद्दामा पिडित भनिएकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

काठमाडाैं, ३२ साउन । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले पिडित भनिएकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिनुभएकाे हाे ।

आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको हाे ।

अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए।

यसअघि पनि विभिन्न कारणले निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आजबाट फाइनल बहस हुने अनुमान गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *