संसद बैठक आज पनि स्थगित

काठमाडौं, ५ भदौ । प्रतिनिधि सभाको बैठक आजपनि स्थगित भएकाे छ ।

आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि भदौ ६ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएकाे हाे ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नको लागि बसेको सर्वदलीय बैठक औपचारिकरूपमा बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

समितिको कार्यविधिबारे टुंग्याउने भएपछि ४ बजे प्रधानन्याधीशको शपथ र एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको कारणले रोकिएको श्राेतले बतायाे ।

दलहरु समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी छ ।