काठमाडाैंकाे मच्छेगाउँमा चितुवाको आक्रमणबाट एकजना घाइते

काठमाडौं ७ भदौ । काठमाडौंको चन्द्रागिरिमा चितुवाकाे आक्रमणबाट एकजना घाइते भएका छन् ।

चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा तामाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उहाँलाई आक्रमण गरेको हो ।

घाइते तामाङको अहिले नजिकैकाे अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार आक्रमण गर्ने चितुवासमेत घाइते भएका छन् ।