आजदेखि भारतले सबै प्रकारका बासमती चामल निकासीमा लगायाे रोक

काठमाडाैं, १० भदाै । आजदेखि भारतले सबै प्रकारका बासमती चामल निकासीमा रोक लगाएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सरकारले एक सूचना जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे । १२ सय डलरभन्दा कम अर्थात् करिब ९९ हजार ५८ भारतीय रुपैयाँ प्रति टनमा निकासी हुने सबै चामलको निकासीमा प्रतिबन्ध लगाइने भएकाे हाे।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो प्रतिबन्ध अस्थायी रूपमा लगाइएको हाे । यसअघि भारतले उसिना चामलकाे निर्यातमा २० प्रतिशत भन्सार कर लगाएको थियाे।

भारत सरकारले शुक्रबारबाट लागू हुने गरी साे निर्णय गरेकाे जनाएकाे छ ।