काठमाडौंबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ

काठमाडौं, १० भदौ । काठमाडाैंकाे बूढानीलकण्ठबाट पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल र ९ एमएन लेखिएको चार राउन्ड गोलीसहित एकजनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठ रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले गुण्डागर्दी तथा लागुऔषध कारोबारमा संलग्न श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका श्रेष्ठले रामेछाप घर भई बौद्ध बस्ने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरी विसं २०६७ मा प्रहरी वृत्त बौद्धबाट ज्यान मार्ने उद्योगमा मुद्दा चलेर पाँच वर्ष कैद भुक्तानी गरिसकेको परिसर प्रमुख खत्रीले बताउनुभयो ।
पक्राउ परेका श्रेष्ठमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *