१७ वर्षीया किशोरी सूर्यविनायककाे रिसोर्टमा बलात्कृत

काठमाडाैं, १२ भदाै । भक्तपुरकाे सूर्यविनायकस्थित पलाँसेमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उक्त बलात्कार अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बलात्कारको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलामको ईलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

आइतबार दिउँसो भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित रिसोर्टमा लगेर बलात्कार गरेकाे भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *