सालनालसहितको नवजात शिशु मृत फेला

सप्तरी, १३ भदौ । सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा छोरा जातको नवजात शिशु मृत फेला परेको जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार आज बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत फेला परेका शिशुको घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ