सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं, १३ भदाै । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी महरालाई पक्राउ गरेकाे एसपी नवराज अधिकारीले जानकारी दिए ।
गत वर्ष विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो ।
तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै संसदमै विरोध भइरहेको थियो ।