खाना पकाउने ग्यासमा एकैचाेटी बढ्याे २३५ रुपैयाँ, पेट्रोल, डिजेलमा पनि मूल्य बढ्यो

काठमाडौं, १४ भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेलसहित खाना पकाउने ग्यासमा एकैचाेटी बढ्याे २३५ रुपैयाँ बढाएकाे छ ।

बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ । त्यस्तै पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १६७ पुगेकाे छ ।