ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १८ भदाै । ज्यान मार्ने उद्योग कसूरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरज खड्का रहेका छन् । उनी काठमाडौंस्थित चाबहिलबाट पक्राउ परेका हुन् ।

सोही उद्योग कसूरमा संलग्न रही २०७८ चैत ९ गते दिउँसो काठमाडौंस्थित शंखमुलमा धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेका मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चाबहिलबाट पक्राउ गरेको हो ।

उनलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।