एक किलो तीन सय ग्राम चरेससहित कैलालीबाट ४ जना पक्राउ

धनगढी, १९ भदौ । कैलालीबाट एक किलो तीन सय ग्राम चरेससहित चार जना पक्राउ परेका छन् ।

चरेससहित घोडाघोडी नगरपालिका-५ को देउकलियाबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका-१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनीहरूलाई थप अवैध लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।