रूपन्देहीमा १० वर्षीया बालिका बलात्कृत
रूपन्देही, २१ भदाै । रूपन्देहीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बलात्कार अभियाेगमा तिलोत्तमा नगरपालिका-२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपाने लाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले आइतबार बुटवल उपमहानगरपालिका-४ तिनाउखोलाको झाडीमा ती बालिकालाई लगेर बलात्कार गरेकाे भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा न्यौपानेलाई आवश्यक अनुसन्धान गरिरहेको छ ।