काठमाडौंकाे स्वयम्भूबाट एकलाख नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौं, २२ भदाै । काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट एकलाख नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित गोरखा नगरपालिका-४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेको छ ।
मंगलबार स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई आवश्यक अनुसन्धानसहित कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।