आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत अधिकृत २६ लाख नगदसहित पक्राउ

दाङ, २५ भदौ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत २६ लाख नगदसहित पक्राउ परेका छन् ।

नेपालगन्ज विमानस्थलमा सुरक्षा जाँचका क्रममा २६ लाख नगदसहित अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार सापकोटाले बाेकेकाे झोलामा ठूलोमात्रामा नगद फेला परेपछि विमानस्थलमा खटिएकाे प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

डीएसपी डाँगीले भन्नुभयाे, २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिइएको छाैं ।

सापकोटा श्री एयरको उडानमार्फत बिहान ८ : ४५ बजे काठमाडौं जानलागेका थिए ।