गृह मन्त्रालयद्वारा चार सीडीओ सहित १० सहसचिवको सरुवा, काे कहाँ पुगे?

काठमाडौं, २५ भदाै । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १० सहसचिवको सरुवा गरेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै केही सहसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा गर्नुभएकाे हाे ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सह-सचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभागको महानिर्देशकमा पठाएको छ। तामाङको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई पठाएको छ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदी सुवेदीलाई दाङको प्रजिअमा सरुवा गरिएको छ।

त्यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ।

रुपन्देहीका प्रजिअ भरतमणि पाण्डेलाई मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ। भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रजिअमा सरुवा गरिएको छ। त्यसैगरी मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअमा सरुवा गरिएको छ। महोत्तरीका प्रजिअ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका प्रजिअ रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रजिअमा सरुवा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *