नेम्वाङको निधनले स्तब्ध बनायो, उहाँको सम्मानमा तीन दिन सार्वजनिक कार्यक्रममा सहभागी हुन्नः उपमेयर डंगोल

काठमाडौं, २६ भदौ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनप्रति भावपूर्ण समवेदना प्रकट गर्नुभएको छ । उहाँले नेम्वाङको निधनको खवर अत्यन्तै दुःखद भन्दै नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको असामयिक निधनले स्तब्ध बनाएको बताउनुभयो ।

उहाँले यस्तो दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्मानमा तीन दिन सार्वजनिक कार्यक्रममा सहभागी नहुने बताउनुभयो । ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान स्मरणीय छ,’ डंगोलले भन्नुभयो, ‘मृदुभाषी, विनम्र, शालीन नेम्वाङको मृत्युले देशले अपुरणीय क्षति व्यहोरेको छ ।’ उ

पमेयर डंगोल काठमाडौंँ महानरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा पनि तीन दिन सार्वजनिक कार्यक्रमा सहभागी हुनुभएको थिएन ।