एक किलाे सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ

काठमाडाैं, २६ भदाै । लगभग एक किलाे सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले विमानस्थलबाट ९६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो।
दुबईबाट आएको हिमालयन एयरको जहाजमा उक्त सुन बरामद भएको हो। प्रहरीले उक्त सुन ल्याउने एक जनालाई सोमबार र दुई जनालाई मंगलबारै पक्राउ गरिएको जनाएकाे छ ।
विमानस्थलको पार्किङबाट बरामद भएको उक्त सुन भित्र्याउन संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको छ।