दैलेखमा चट्याङ लागेर एक जनाकाे मृत्यु, १६ जना घाइते

दैलेख, २९ भदौ । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ  भने १६ जना घाइते भएका छन् ।

बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर स्थानीय १६ जना घाइते भएका छन् ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिनुभयो ।