दाङमा मादक पदार्थ सेवन गरी आफ्नै बुबाको हत्या

दाङ, २९ भदौ । दाङमा मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन् ।

दाङकाे घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले छोराको कुटपिटबाट ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या भएकाे जानकारी दिनुभयो ।

उहाँका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएकाे छ ।