काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको विभत्स हत्या

काठमाडौं, ३० भदौ । काठमाडौंको तीनकुने गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको विभत्स हत्या भएको छ ।

गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार गरेर विभत्स हत्या भएकाे अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार चारै जना सोही स:मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट लागेकाे छ ।

अहिले चारै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।