गृह मन्त्रालयलाई संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट पार्न राष्ट्रपति कार्यालयको पत्र

काठमाडौं,३१ भदाै । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई आम माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेकाे छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार गत शुक्रबार गृहलाई ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेकाे हाे ।

गृह मन्त्रालयले संविधान दिवस असोज ३ गते को अवसरमा ३४ जनालाई माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिधै सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले स्पष्ट आधार खोजेको हो।

माफी मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनाकै व्यक्तिगत विवरण पनि राष्ट्रपति कार्यालयले मागेको छ।

कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको जनाएको छ।

गृहको प्रस्तावमा अधिकांश गम्भीर प्रकृतिकाे ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरू छन्।

संविधान दिवसको अवसर पारेर विभिन्न काण्डमा दोषी देखिएका ३४ जनालाई माफी दिनेगरी गृह मन्त्रालयले पाँच दिन अघि राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *