शिक्षा दिवसकाे अवसरमा ९६३ जना शिक्षकलाई विभूषित गर्ने (सूचीसहित हेर्नुहाेस)
काठमाडौं, २ असोज । सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर ९६३ जना शिक्षकलाई विभूषित गर्ने भएकाे छ । शिक्षा मन्त्रालयले आज विभिन्न विभूषणका लागि स्वीकृत भएर पुरस्कृत हुने उत्कृष्ट नामावली सार्वजनिक गरेको हाे।
मन्त्रालयले यसपटक ९०५ जना मध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिने जनाएकाे छ ।
साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनालाई र ख १८ जनालाई प्रदान गरिने छ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।सूचीसहित हेर्नुहाेस….