चिर्पट प्रहार गरी आफ्नै बुवाकाे हत्या गरेकाे अभियाेगमा एकजना पक्राउ

कपिलवस्तु, २ असाेज । आफ्नै बुवाकाे चिर्पट प्रहार गरी हत्या गरेकाे अभियाेगमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय बिकाश परियारललाई आफ्नै बुवाकाे चिर्पट प्रहार गरी हत्या गरेकाे अभियाेगमा सोमबार राति पक्राउ गरेको हाे।

आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई घरायसी विवादको क्रममा बिकाशले चिर्पट प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *