शिक्षक आन्दोलनको आज दोस्रो दिन तस्बिरहरू

काठमाडौं, ४ असाेज । शिक्षकहरूले सुरूगरेकाे आन्दोलनकाे आज दाेस्राे दिन काठमाडाैंका सडक अस्तव्यस्त बनेका छन् ।

दाेस्राे दिनकाे आन्दाेलनमा माइतीघरदेखि-वानेश्वर सम्म र तिनकुनेदेखि -वानेश्वर सम्म आउने शिक्षकहरू सडकै ढाकेर आन्दोलनमा आएका छन् ।

शिक्षकहरूकाे आन्दाेलनले सर्वसाधारण, विद्यार्थी र कामकाजी मानिसहरू प्रत्यक्ष समस्यामा परेका छन् । ट्राफिक प्रहरी र प्रहरीले काेटेश्र्वर तिरबाट आएकाे सवारीसाधन तिनकुनेबाट फर्काएकाे छ भने काठमाडाैंबाट अन्यत्र जानलागेकाे सवारीसाधन सिंहदरवार बाटै फर्काएकाे छ ।

आन्दोलनले माइतीघरदेखि तिनकुनेसम्मकाे क्षेत्र ट्राफिक अस्तव्यस्त बनेको छ । शिक्षकहरू प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरभरबाट आन्दोलित बनेका हुन् ।

शिक्षकहरूले विधेयकमा विभिन्न १८ बुँदे असहमति राखेका छन् । राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् ।