विश्व सांस्कृतिक शान्ति पदयात्रा तथा साइकल यात्रा काभ्रेकाे नमोबुद्धसम्म

काठमाडौं, ६ असाेज । काभ्रे सेवा समाज र पनाैती नगरपालिकाद्वारा आयाेजना गरिएकाे विश्व सांस्कृतिक शान्ति पदयात्रा तथा साइकल यात्रा सम्पन्न भएको छ।

काठमाडाैंकाे स्वयम्भु बाट सुरूभएकाे विश्व सांस्कृतिक शान्ति पदयात्रा ४ गते बिहीबार देखि सुरू भएकाे थियाे भने विश्व सांस्कृतिक शान्ति साइकल यात्रा आज भक्तपुरकाे इनाचाेबाट सुरू भएर नमोबुद्ध पुगेर समापन भएकाे हाे ।

भक्तपुरकाे इनाचाेमा रहेकाे सामाजिक संस्था न्हुजला ९७काे सहयाेगमा विश्व सांस्कृतिक शान्ति साइकल यात्राका साइकल यात्रीहरूलाई सहजिकरण गरिएकाे संस्थाका सदस्य अष्टराज शाक्यले बताउनुभयाे ।

शाक्यले तीनसय भन्दा बढी यात्रीहरूले विश्व सांस्कृतिक शान्ति साइकल यात्रा गरेकाे बताउनुभयाे ।