काठमाडौंको गौशालामा एक युवामाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

काठमाडौं, १५ असोज । काठमाडौंको गौशालामा एक युवामाथि चक्कु प्रहार भएको छ ।

काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा सञ्चालित पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् ।

घाइतेको खुट्टामा चोट लागेको छ। घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिनुभयाे। घाइतेको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।