इन्द्रजात्रा हेर्न पुगेका युवकमाथि धारिलो हतियार प्रहारगरी हत्या
काठमाडाैं, १६ असाेज । इन्द्रजात्रा हेर्न पुगेका एक युवकमाथि धारिलो हतियार प्रहार गरी हत्या भएकाे छ ।
सोमबार राति साढे ११ बजे जात्रा हेर्न पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भएका १७ वर्षीय सनी कार्कीमाथि धारिलो हतियार प्रहार भएकाे हाे ।
धारिलो हतियार प्रहारबाट घाइते भएका कार्कीलाई अस्पताल पुर्याउँदा पुर्याउँदै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
घाइते भएका कार्कीलाई ट्रमा सेन्टरबाट रिफर गरेर ११:५८ मा मनमोहन अस्पताल पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयाे ।
प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएकाे छ ।