बझाङमा भूकम्प : एकजना बेपत्ता १३ जना घाइते

बझाङ, १६ असाेज । बझाङ गएको भूकम्पमा परि एकजना बेपत्ता भएका छन् भने अन्य १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार १३ जना घाइते भएका र तीमध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएकाे जनाएकाे छ ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले विभिन्न जिल्लामा क्षति पुर्याएको बताएका छन् । हालसम्म मानवीय क्षति भएको विवरण नआए पनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे थियो । भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।
३ बजेर ६ मिनेट पछि भने ४ रेक्टरमाथिका पराकम्पनहरु गएको केन्द्रका भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । भुकम्पका कारण यहाका दर्जनौं घरहरु भत्किएका छन् । विद्यालय र पुराना सरकारी कार्यालयमा पनि क्षति पुगेको छ ।