माइतीघर मण्डलामा न्याय माग्दै भारती (पाँच तस्बिर)
काठमाडाैं, १८ असाेज । सर्वोच्च अदालतबाट न्याय माग्दै फर्किने क्रममा ढलेकी भारती मानन्धर अस्पतालबाट डिस्चार्ज हुनेबितिकै पुन: माइतीघर मण्डलामा अनशनमा बसेकी छन्।
पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा आममाफी दिएपछि भारती मानन्धरले माइतीघर मण्डलामा अनशन थालेकी हुन् ।
‘रिगल’लाई आममाफी दिने निर्णयविरूद्ध रिट दिएका भारती बुधबार तारिख लिएर फर्कदै गर्दा सर्वोच्चको परिसरमा अचानक बेहोस् भएर लडेकी थिइन्। उनलाई तत्काल वीर अस्पताल लगेर उपचार गरेपछि पुन: आज अनसन बसेकी हुन् ।
रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।
रिगललाई आममाफी दिएकाे भन्दै राष्ट्रपति पाैडेलकाे अहिले चाैतर्फी आलाेचना भइरहेको छ।