काठमाडौंको गोकर्णेश्वरमा प्रहरीले चलायाे गाेली, एक जना घाइते

काठमाडाैं, २५ असाेज । काठमाडौंको गोकर्णेश्वर जगडोलमा प्रहरीकाे गाेली लागि एक जना घाइते भएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीका अनुसार प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको हाे ।

अधिकारीका अनुसार तीन वटा मोटरसाइकल चढेर लुटपाट गर्न आएकाे सूचनापछि प्रहरी त्यहाँ पुगकाे थियाे । उनीहरूले शंकास्पद गतिविधि गरिरहेको पाएपछि नियन्त्रणमा लिन खाेज्दा प्रतिकार गर्न खाेजेपछि प्रहरीले लुटेरा समूहमाथि दुई राउण्ड गोली प्रहार गरेको जनाएकाे छ ।

प्रहरीले लुटेरा समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ। भने घाइतेकाे जोरपाटीस्थित अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आइसकेको छैन ।