बृद्धा हत्याका तीन प्रतिवादी कारागार चलान

गोरखा, २६ असोज । सत्तरी वर्षीया बृद्धाको हत्याका तीन प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० वर्षीया बृद्धा सुनमाया लामाको हत्याका अभियोगीलाई जिल्ला अदालतको आदेशमा बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कारागार चलान हुनेमा सोही ठाउँका २९ वर्षका कर्माछिरिङ लामा, १९ वर्षका साने भनिने सुपराज लामा र १९ वर्षकै अन्जय लामा गुरुङ रहेका छन् । गत भदौ २८ गते साँझ घरमा एक्लै भएको मौका छोपेर कर्मा र सुपराज मिलेर सुनमायाको हत्या गरेका थिए ।

अन्जयले भने हत्यापछि उनीहरू भगाउन भूमिका निर्वाह गरेको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । हत्या भएको दुई दिनपछि भदौ ३० गते बिहान एककोठे कच्ची घरमा शङ्कास्पद अवस्थामा झुण्डिएको सुनमायाको शव फेला परेकाले आङ्शकामा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूले गरगहना लुटपाट गर्ने उेद्दश्यले वृद्धाको हत्या गरेको खुलेको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *