घट्याे प्रेटाेलियम पदार्थकाे मूल्य, पेट्रोलमा ११ र डिजेलको ५ रुपैयाँ समायाेजन

काठमाडौं, २८ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य घटाएको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ १८ पैसा र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ ०३ पैसाले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।