झापाकाे मेचिनगरमा ४५ वर्षीया महिला बलात्कृत
झापा, २९ असाेज । झापाकाे मेचिनगरमा ४५ वर्षीया महिला बलात्कृत भएकी छन् ।
४५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा मेचिनगर नगरपालिका-११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
करणले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
