गाजाकाे अस्पतालमा भएकाे आक्रमणकाे जति निन्दा गरे पनि कम हुन्छ : एमाले

काठमाडौं, १ कात्तिक । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणप्रति निन्दा गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रमणबाट अस्पतालमा बिरामी, स्वास्थ्यकर्मी लगाएत अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले बनाएकाे बताउनुभएकाे छ ।

इजरायल र प्यालेष्टाइनको हमास समूह विच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो । उक्त आक्रमण परि ५०० जना बढी नागरिकको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अध्यक्ष ओलीले जारी गरेकाे विज्ञप्तिमा भनेका छन्, ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जाति निन्दा गरे पनि कमी हन्छ । हामी यस आक्रमणको कडा शव्दमा निन्दा र भत्सना गर्दछौँ ।’

सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने एमालेले जनाएको छ । एमालेले यस्ताे क्रूर र अमानवीय आक्रमण तत्काल रोक्न द्धन्द्धरत पक्षलाई आग्रह गरेको छ ।