राष्ट्रसंघका महासचिवसँग ओलीले भने : प्रधानमन्त्रीका कारण शान्ति प्रक्रिया टुंग्याउन कठिन भयो
काठमाडौं, १२ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन कठिन भएकाे बताउनुभएकाे छ ।
आइतबार संसद भवनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँगकाे भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई प्रश्रय दिएका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन कठिन भएकाे बताउनुभएकाे हाे ।
नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्याउन सुझाव दिनुभएकाे छ ।
अध्यक्ष ओलीसँगको भेटवार्तामा शान्ति प्रक्रियालगायत जलवायु परिवर्तनका विषयमा छलफल भएको एमाले नेता प्रदीप ज्ञवालीले बताउनुभयाे ।
छलफलमा एमाले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायलाई अन्याय बनाउन नहुने र छिटो टुंग्याउन चाहेको बताउनुभयाे।