पोखरामा ओलीले सुनाएको भुस्याहा कुकुरको कथा र एमालेमाथिको प्रहार
पोखरा, १३ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब २० वर्ष राजनीति गर्ने बताउनु भएको छ । एमाले गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो ।
‘पहिला ०४८ सालको निर्वाचनका बेला कम्युनिष्टले ६० वर्ष माथिका मान्छेलाई गोली हानेर मार्छ भनेर हल्ला गरे । अहिले त्यहि पार्टीले वृद्धभत्ता ४ हजार पुर्याएको छ अनि ७२ वर्षको व्यक्तिले पार्टीको नेतृत्व गरिरहेको छ ,’ उहाँले भन्नुभयो, ‘हल्ला चलाउनेले जे पनि हल्ला चलाउँछन् । मैले भन्ने गरेको छु । म कति वर्ष पार्टी नेतृत्वमा रहन्छु थाहा छैन । तर, अब २० वर्ष राजनीति गर्छु ।’ ओलीले एमाले विरोधीहरुलाई ठेगान लगाउनका लागि पनि पछि बसेर भए पनि अघि बढ् साथी हो भन्दै २० वर्ष राजनीति गर्ने दाबी गर्नुभयो । ओलीले एमालेसँग मुकाविला गर्न नसकेर विभिन्न खाले आरोप लगाउने गरेको पनि स्मरण गराउनुभयो ।
केही दिनदेखि केपी ओलीले प्रचण्डलाई गएर दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्यो भनेर विन्ति विसाए भनेर समाचार आउने गरेको भन्दै त्यस्ता हल्लाको पनि नकुद्न पनि आग्रह गर्नुभयो ।
ओलीले आफु नेतृत्वको सरकारका पालामा चुच्चे नक्शा प्रकाशित गरेपछि भारतीय सञ्चारमाध्यमहरुले त्यतिबेला तथानाम लेखेको भन्दै त्यहि बेला भारतीय सञ्चारमाध्ययम जीन्युजले आफूलाई आरोप लगाउँदै कम्वोडिमामा केपी ओलीको ३ हजार करोड राखेको भन्दै अफवाह फैलाउने समाचार प्रशारण गरेको स्मरण पनि त्यहाँ गराउनुभयो । ‘दुनियाँले गाली गरेपछि उनीहरुले धेरै वेठिक कुरा प्रशारण भयो भनेर क्षमा मागेका थिए,’ ओलीले भन्नुभयो, ‘नेपालमै आएर मेरो अन्तर्वार्ता लिएपछि उनीहरुले गल्ती भयो भनेर तीन वर्ष भन्दा अघि नै सच्याइसकेको विषयलाई अहिले ल्याएर हल्ला फैलाउने काम भैरहेको छ ।’
उहाँले आफ्नो विरुद्ध विभिन्न खाले हल्ला चलाउँदा–चलाउँदा थाकेकाहरुमा फेरि फूर्ति आएर चलमलाउन थालेको आरोप पनि लगाउनुभयो । ‘कम्वोडियामा मैले तीन हजार करोड राखेको कुरा पत्ता लगाउनेलाई थप एक हजार उसैको नाममा राखिदिन तयार छु । देशको ढुकुटीको त्यत्रो पैसा विदेशमा लगेर राखेको पत्ता लगाउनेलाई त्यो बक्सिस दिन्छु ।’ उहाँले त्यहि सन्दर्भसँग जोडेर भुस्याहा कुकुरको कथा उल्लेख गर्नुभयो । कथा यस्तो थियो ।
एक जना मान्छे बाटोमा हिँड्दै थिए । ती मान्छे भुस्याहा कुकुरहरु भएको ठाउँमा पुगेछन् । ती मान्छे छेउमा पुगेपछि ती भुस्याहा कुकुर कराएको कराएकै गरेछन् । अनि मान्छेले भुस्याहा कुकुरलाई भनेछन् । ए तिमीहरु किन कराएको कराएकै गरेको ? ती कुकुरहरुले एकै स्वरमा भनेछन्– त यहाँ मिल्काएको फोहोर खान आएको । यो हामीले खाने फोहोर खान किन आएको ? भन्दै फेरि कराउन थालेछन् । त्यो मान्छेले नम्र भएर भनेछ– ‘म मान्छे हुँ, त्यस्तो फोहोर खानेकुरा खाने मेरो काम नै होइन भनेछ । कुकुरहरु फेरि भोक नलाग्ने को छ ? पेट नभएको को–छ ? भोक लागेपछि नखाने को–छ ? भनेर कराउन थालेछन् ।
ती मान्छेले फेरि भनेछन् । हरेकले खाने कुरा अलग–अलग हुन्छ । सबैले एउटै कुरा खाँदैनन् भनेर उस्ले सम्झाउँदो रहेछ । तर, कुकुरहरु मान्दा रहेनछन् । मलाई त्यो मान्छेको एउटा कुरा मनपर्यो । मुख सबैको हुन्छ, पेट सबैको हुन्छ । तर, सबैले खानेकुरा एउटै हुँदैन । खाने के, नखाने के ? राज्यको ढुकुटीबाट एक पैसा पनि बेइमानी गर्छ, तलमाथि गर्छ र आफ्नो खल्तीमा हाल्छ भने त्यो अपराध हो । त्यो अपराध एमालेले गर्दैन ।