राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने

काठमाडौं, १४ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा महासचिव गुटेरेसले सम्बोधन गर्न लाग्नुभएकाे हाे ।

बैठक आरम्भ भएसँगै उहाँले सम्बोधन गर्ने कार्यसूची रहेकाे छ। उहाँको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्ने सचिवालयले जनाएकाे छ ।