प्रिन्सिपल स्वर्णकार हत्या प्रकरण : पूर्व शिक्षिकासहित ६ जना पक्राउ
बारा, १४ कात्तिक । बाल एकता इङ्गलिस बोर्डिङ स्कुल बारा कलैयाका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको थियाे ।
बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएकाे छ ।
पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको प्रहरी स्रोतले जनाएको छ ।
गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
